काठमाडौं – अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनी भिसाले कुमारी बैंक लिमिटेडलाई दुई विधामा सम्मान गरेको छ ।

भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै बैंकलाई सम्मान प्रदान गरिएको हो ।


ADVERTISEMENT

# #


कुमारी बैंक ‘एक्सिलेन्स इन क्रस-बोर्डर बिजनेस’ र ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मानित भएको हो । बैंकले लगातार तीन वर्षदेखि यी विधामा सम्मान प्राप्त गर्दै आएको जनाएको छ ।

अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, सीमापार कारोबार प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामा बैंकले हासिल गरेको उपलब्धिको कदरस्वरूप सम्मान प्रदान गरिएको बैंकले जनाएको छ ।


ADVERTISEMENT

#
#


डिजिटल भुक्तानी प्रणालीको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै बैंकले सुरक्षित, सहज र आधुनिक भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत अन्तर्राष्ट्रिय कारोबार तथा भुक्तानी सेवालाई थप प्रभावकारी बनाउने दिशामा बैंक सक्रिय रहेको छ ।

२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकले डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानी प्रणालीको विस्तारलाई प्राथमिकता दिँदै वित्तीय पहुँच अभिवृद्धिमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ ।