काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) महिला टी–२० विश्वकप २०२६ छनोटको आयोजना गर्ने भएको छ । आईसीसीले आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी २ सम्म हुने छनोट प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपाल क्रिकेट संघ (क्यान)लाई दिएको हो ।


ADVERTISEMENT


इङ्गल्याण्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि हुने छनोट प्रतियोगिताका काठमाडौँका दुई मैदानमा खेलाइनेछ । खेल्ने २१ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीले ४ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।


ADVERTISEMENT

# # #


विश्वकप छनोटमा बंगलादेश र आयरल्याण्ड २०२४ संस्करणको महिला टी–२० विश्वकपमा सहभागिता जनाएर विश्वकप छनोटमा स्वतः छनोट भइसकेका छन् ।

बाँकी ८ टोलीहरू क्षेत्रीय छनोटको माध्यमबाट निर्धारण गरिँदैछ । जसमा अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली र पूर्वी एसिया–प्रशान्त र अमेरिका क्षेत्रबाट एक(एक टोलीले लाइनअप पूरा गर्नेछन्।

त्यसमध्ये एसियाबाट थाइल्याण्ड र नेपाल छनोटमा पुगिसकेका छन् भने अमेरिकाले अमेरिकाको प्रतिनिधिको रूपमा आफ्नो स्थान हासिल गरिसकेको छ । यससँगै बंगलादेश र आयरल्याण्डसहित छनोट भएका टोलीहरूको कुल संख्या ५ पुगेको छ भने बाँकी ५ टोलीको अझै छनोट हुन बाँकी छ ।

प्रतियोगितामा पाँच–पाँच टोलीका दुई समूह हुनेछन्, जसबाट सुपर सिक्स चरण र त्यसपछि फाइनलमा प्रवेश गर्नेछ। उत्कृष्ट ४ टोली २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इङ्गल्याण्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

१२ टोलीले प्रतिस्पर्धा गर्ने महिला टी–२० विश्वकपका लागि ८ टोलीको टुंगो लागिसकेको छ ।