काठमाडौं – आर.एम.सी. फुड्स प्रा.लि.ले उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताका रूपमा दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको हो । मंसिर ७ गते ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा कम्पनीलाई सम्मान गरिएको थियो ।


ADVERTISEMENT

# #


उक्त समारोहमा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालद्वारा संयुक्त रूपमा हस्ताक्षरित सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो ।

त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्राप्त गरेको छ । ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको विशेष समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।


ADVERTISEMENT

#
#


भन्सार विभागको सिफारिसका आधारमा प्रदान गरिएको सम्मानपत्र समारोहका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले हस्तान्तरण गरिएको थियो । मन्त्रालयका सचिव रुद्रसिंह तामाङले कम्पनीका प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान गरिइएको थियो।

आर।एम।सी। ग्रुपअन्तर्गत सञ्चालित आर.एम.सी. फुड्सले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगबाट प्रशोधित खाद्य तेल, विशेषगरी न्युट्रिप्लस ब्रान्डका उत्पादनलगायत विभिन्न गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ ।

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्षसमेत रहेएका कम्पनीका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारबाट प्राप्त सम्मानले स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको बताइएको छ ।

उनले देशको व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता सधैँ अग्रपंक्तिमा रहने पनि उल्लेख गरेका छन् ।