काठमाडौं प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिन आवश्यक नदेखिएको ठहर गर्दै मुद्दाको अन्तिम सुनुवाइका क्रममा नै निर्णय गर्ने आदेश दिएको हो ।


ADVERTISEMENT

# #


गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । सरकारले उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका थिए । रिटमाथिको प्रारम्भिक सुनुवाइमा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे निर्णय गर्न दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।


ADVERTISEMENT

#
#


तर, प्रहरी महानिरीक्षकमा नियुक्त डा। मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै मंसिर ७ गतेको सुनुवाइ मंसिर ९ गतेका लागि सारिएको थियो । मंसिर ९ गते भएको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।