काठमाडौं – नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधकको रुपमा औल्याएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने अन्य संस्थाको उपस्थिति प्रतिस्पर्धाका रुपमा रहेको र सवै भन्दा बढि कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधकको रुपमा रहेको बताए ।


ADVERTISEMENT

# #


पछिल्लो चरणमा सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा सहभागी भइसकेका संस्थाहरूलाई समेत पत्राचार गरी अनिवार्य आउनुपर्ने दबाब दिने प्रचलन बढेको तथा पैसा पठाउने वा व्यवस्थापन गर्ने विषयमा कानुनी कारबाहीको प्रावधानले जटिलता थपेको उनले बताए ।

जनशक्तिको अभावमा पनि कोषले पुुँजी बजारमा समेत निजी क्षेत्रका सेवा प्रदायक संस्थाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको कार्यकारी निर्देशक कार्कीले बताए ।


ADVERTISEMENT

#
#


साथै उनले हकप्रद सेयरमार्फत तुरुन्त पैसा तान्ने उद्देश्य नभई ऐनको अधिकृत पुँजीभित्रै रही कमाइअनुसार बोनस सेयरमार्फत क्रमिक रूपमा पुँजी वृद्धि गर्ने योजना रहेको जानकारी दिए ।