काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवातर्फ उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै VISA Leadership Conclave मा ‘Excellence in POS Acquiring Business – Associate Client’ अवार्ड प्राप्त गरेको छ ।
POS Acquiring Business अन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदरस्वरूप VISA ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । यस सम्मानले डिजिटल भुक्तानी सेवामा बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ ।
यससँगै माछापुच्छ्रे बैंकले VISA बाट लगातार तेस्रोपटक सम्मान प्राप्त गरेको छ । यसअघि बैंकले सन् २०२४ मा ‘Excellence in POS Acquiring Business’ र सन् २०२३ मा ‘Excellence in POS Acquiring – Associate Member’ अवार्ड प्राप्त गरेको थियो ।
VISA बाट प्राप्त निरन्तरको सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ । बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो ।
त्यस्तै, इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित Fourth Emerging Asia Banking Conclave and Awards 2026 मा ‘Best Performance on Risk Management’ लगायतका अवार्डसमेत प्राप्त गरेको बैंकले जनाएको छ ।



























