काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा ज्ञानज्योति महिला माध्यामिक विद्यालयको वार्षिकउत्सव समारोहमा कोइरालाले शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा भएकाले शिक्षा क्षेत्रको सुधारका लागि सवै पक्ष गम्भीर हुनुपर्ने बताए ।
उनले सामूदायिक शिक्षालाई राम्रो बनाउन सरकारमा बस्नेदेखि ऐन कानून बनाउनेहरुले ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यालय सहायक भन्दा पनि शिक्षकको तलब कम रहेकाले शिक्षकलाई राम्रो तलब नदिएसम्म शिक्षा क्षेत्र राम्रो बन्न नसक्ने उनले जनाए ।
कोइरालाले देशको आर्थिक अवस्था कमजोर रहेपनि शिक्षामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।



























































