काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको आन्दोलनलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदमको रुपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।


ADVERTISEMENT


शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद निशा डाँगीले सरकारले आफूहरुले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खाजेको भन्दै आपत्ति जनाइन् । उनले संसद् बहिष्कार कुनै संविधान विरोधी अभ्यास नभएको र लोकतन्त्र भित्रको असहमतिको औपचारिकशैली भएको जिकिर गरिन् ।


ADVERTISEMENT

# # #


उनले रास्वपाको आन्दोलन र बहिष्कार मूलतः सत्ता पक्षलाई खबरदारी गर्न र नेपाली जनताहरूको आवाजलाई यस सदनमा प्रतिनिधित्व गर्नका लागि भएको धारणा राखिन् । लोकतन्त्र भनेको सङ्ख्याको बलमा सरकार चलाउने नभइ प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने बिर्सन नहुने उनको भनाइ छ । उनले दुई महिनाभन्दा बढी समयदेखि मानव तस्कर विरुद्ध निरन्तर आन्दोलन गरिरहदा परिणाम शुन्य नै रहेको उल्लेख गरिन् ।

भ्रष्टाचारको मुद्दाहरू र विभिन्न कालखण्डमा भएका काण्डै–काण्डबाट निस्कनै नसकेको पार्टीहरूले रास्वपाका नेताहरुमाथि थरिथरिका आरोप लगाएर नैतिकतामाथि प्रश्न उठाइरहेको उनले बताइन् । डाँगीले आफुहरुमाथि नैतिकताको प्रश्न उठाउनु भनेको परिक्षामा उतिर्ण नभएका विद्यार्थीहरुले अरुलाई परिक्षामा पास हुन सिकाएजस्तै भएको तर्क गर्नुभयो । उहाले भिजिट भिसा प्रकरणमा आफुहरुको उठाएका मुद्दा यथावत नै रहेको र आन्दोलन जारी रहेको जनाइन्

त्यस्तै राप्रपा सांसद अनिशा नेपालीले नेपालसँग छलफल नगरी चीन र भारतबीच व्यापारिक मार्ग खोल्ने सहमतिको विरोध गर्दै उक्त कदम अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको भएको बताए । यस ििवषयमा नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न उनले माग गरिन् ।

सांसद नेपालीले राष्ट्रिय सवालमा सवै दलहरु एकताबद्ध हुनुपर्ने उल्लेख गरिन् । उनले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन भएसम्म सदन बहिष्कार गर्ने बताउनुभयो । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका थिए ।