काठमाडौं– अहिले केहीबेर पछि बस्ने प्रतिनिधी सभाको बैठकमा ३ कार्यसुची रहेका छन् ।
पहिलो कार्यसुची अन्र्तगत सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।
दोश्रो कार्यसुचीमा सभामुखले प्रतिनिधीसभा नियमावली मस्यौदा समितिमा सदस्यको नाम हेरफेरको लागि प्रस्ताव राख्ने कार्यक्रम छ ।
यस्तै तेश्रो कार्यसुचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संसोधन अध्यादेश २०७४ पेश गर्ने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन् ।