काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनमा भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमामा रहेका उनीहरुबीच आइतबार भेट भएको हो ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्विटरमार्फत ओलीसँगको तस्बिर सार्वजनिक गरेका छन्। उनले भनेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सि जिङपिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले भोलि रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।