काठमाडौं– अवैध लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । पक्र्राउ पर्नेमाहरुमा ३६ वर्षीय शिव श्रेष्ठ, २६ वर्षीय ईर्फान अन्सारी, २६ वर्षीय लाल बाबु मण्डल, २७ वर्षीय मनसुखलाल थारू, २७ वर्षीय राजु चौधरी र ३० वर्षीय सागर राई रहेका छन् ।
झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय शिव श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका २ मेउडिहवा डेरा गरी बस्ने कोटहीमाई गाउँपालिका ५ घर भएका २६ वर्षीय ईर्फान अन्सारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
अर्को सिराहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका ४ बडहरा माल टोल बस्ने २६ वर्षीय लाल बाबु मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका १५ चन्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय मनसुखलाल थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, गोदावरी नगरपालिका १ बिजौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिका ५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सागर राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



























































