विराटनगर – राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतोले ठूला दुई दल मिलेर सरकार बनाउने अभ्यास नभए पनि लुटतन्त्र जोगाउनका लागि नै कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका हुन् । उनले दुई दलले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


महतोले संविधान संशोधन गर्न इच्छा दुई दलमा नरहेको समेत धारणा राखे । ठूला दलले देशमा अराजकताको सीमा पार गरिसककेको उनको भनाइ छ । उनले अधिकार पहिचानका साथै सुशासन समृद्धिका क्षेत्रमा सरकार असफल भएकाले अब देशलाई जोगाउन सवै एकठाँउ आउनुपर्ने बेला आएको धारणा राखे ।

अध्यक्ष महतोले नेपालको सीमामा हस्तक्षेप हुदा पनि सरकारले कुटनीतिक दवाव दिन नसकेको जिकिर गरे । चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन गरेको भन्ने बाहिर आएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले यस बिषयमा स्पष्ट पार्नुपर्ने बताए ।