काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरमा आज ‘जेनजी’को प्रदर्शनका क्रममा प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या १९ पुगेको छ । घाइते भई विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।


ADVERTISEMENT


यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत ८ प्रदर्शनकारीको मृत्यु भएको छ । जहाँ ३० जना भन्दा बढी घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ ।


ADVERTISEMENT

# # #


यस्तै सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ । त्यहाँ १३० जना भन्दा बढी घाइतेहरु रहेका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये २ जनाको मृत्यु भएको छ । एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत भने तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ । त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ ।

यस्तै सुनसरीको इटहरीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागी २ जनाको मृत्युभएको छ ।

उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।