काठमाडौं– सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । जेनजी आन्दोलनमा मारिएकाहरुको कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ।
यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गृहमन्त्री अर्यालले गरेका छन् ।



























































