काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरुले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन रहेको बताएका छन् ।


ADVERTISEMENT


आज राष्ट्रपतिलाई लिखित निवेदन दिँदै उनीहरुले समयमै निर्वाचन सम्पन्न गराउनु र संवैधानिक व्यवस्थालाई यथावत रुपमा क्रियाशील गराउनु सरकारको दायित्व रहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


निवेदकहरुमा महेशकुमार मास्के, मल्ल के सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टिकाराम भट्टई, कनकमणी दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद बन्त सुशीला प्याकुरेललगायत थिए ।

त्यस्तै, उनीहरुले सुशासनसँगै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको जनेनी पुस्ताको आन्दोलन र मागप्रति आफूहरुको समर्थन रहेको उल्लेख गरे ।