काठमाडौं– काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।


ADVERTISEMENT


मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाँउपालीकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य बिभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा बिभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधासम्पन्न एम्बुलेन्स उपलव्ध गराइएको उनले बताए ।

एम्बुलेन्स वितरण गर्दा सातै प्रदेशलाई समावेश गरिएको उहाले जानकारी दिए । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।