काठमाडौं– सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’’ उपहार योजना सार्वजनिक गरेको छ।
यो योजना असोज ५ गते देखि कात्तिक ४ गतेसम्म सम्म देशभर लागू हुनेछ। उक्त अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्कि ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन्। ग्राहकहरुले आफूले खरिद गरेको स्मार्टफोनको QR कोड स्क्यान गरी IMEI नम्बर सहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन्। यो प्रक्रिया सहज र पारदर्शी बनाइएको छ।
यस योजना अन्तर्गत २ जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन्। त्यसैगरी ४ जनाले रियलमी 14T स्मार्टफोन प्राप्त गर्नेछन् भने १० जना विजेताले रियलमी C75 स्मार्टफोन जित्नेछन्। यस्तै गरी ६०० जनाले विशेष उपहार बक्स, ५००० जनाले क्रस ब्याग र १० हजार जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन्।
उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ। साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ।
यस पर्वको अवसरमा रियलमीले नेपाली परिवारहरूलाई प्रविधि र रमाइलोपनको संगम प्रस्तुत गर्दै उत्सवलाई अझ स्मरणीय बनाउने अभिप्रायले यस्तो रोमाञ्चक योजना ल्याएको हो। उपहारको साथसाथै अविस्मरणीय अनुभव पनि जित्न सकिने भएकाले रियलमीसँग दशैं २०८२ को खुसी अझ दोब्बर हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।



























































