काठमाडौं– नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १६ औँं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा काठमाण्डौंमा आज सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभामा संचालक समितिका सदस्यहरु, शेयरधनी तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउँने ८ आठ करोड १० लाख रुपैयाँ बरावरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२,६३,१५७.८९ प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।



























































