काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको आफ्नो दोस्रो तथा निर्णायक खेलमा नेपालले जापानबाट १३२ रनको चुनौती पाएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको हो । जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले शानदार ब्याटिङ गरे । नेपाली बलरका लागि टाउको दुखाई बनेका उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै इसाम रहमानले २५ बलमा १ चौका र २ छक्काको मदतमा ३१ रन बनाए । रहमान र फ्लेमिङले दोस्रो विकेटका लागि ५१ बलमा ८६ रनको साझेदारी गरेपछि नेपाल दबाबमा आएको थियो । तर, सोमपाल कामीले रहमानको विकेट लिएपछि नेपालले पुनरागमन गर्यो । १२.४ ओभरमा १ विकेटको क्षतिमा ९६ रन बनाएको जापानले त्यसपछिका २६ बलमा ५ विकेट गुमाउँदा १२ रन मात्रै बनाउन सक्यो । जापानका लागि बेन्जामिन इटो–डेभिसले १७ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ नेपालका गुल्शन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यसक्रममा उनीहरुले समान ४–४ ओभरमा क्रमशः २० र २५ रन दिए । यस्तै सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट हात पारे । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

एक खेल अगावै प्रतियोगिताको सुपर सिक्समा पुगिसकेका यी दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाल्ने टोलीले २ अंक बटुल्दै सुपर सिक्समा जाने र उक्त अंक सुपर सिक्सको प्रतिस्पर्धामा जोडिने भएकाले महत्वपूर्ण छ । यी दुवै टोलीले पहिलो खेलमा कुवेतलाई हराएर सुपर सिक्समा स्थान बनाएका थिए ।

नेपालसँग आज जापानमाथि जित निकालै समूह विजेताका रुपमा सुपर सिक्समा जाने अवसर छ ।