काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले सोमोआविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
२ खेल अगावै विश्वकपमा स्थान बनाइसकेको नेपालले ओमानको अल अमेरतमा जारी प्रतियोगिताको ट्रफी जित्न सामोवाविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । खेल नेपाली समय अनुसार अपराह्न ४ः१५ बजे सुरु हुँदैछ ।
नेपालले आज प्लेइङ ११ मा तीन वटा परिवर्तन गरेको छ । जसमा कुशल मल्लको स्थानमा आरिफ शेख, सोमपाल कामीको स्थानमा करण केसी र मोहम्मद आदिल आलमको स्थानमा ललित राजवंशी आएका छन् ।
कुवेतविरुद्ध नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी ।
जारी प्रतियोगिताको एक मात्र अपराजित टोलीको रुपमा रहेको नेपालले सुपर सिक्समा ४ खेलमा ४ वटै जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेल जिते नेपाल प्रतियोगिताको उपाधि जित्नेछ । नेपाल अपराजित रहँदै प्रतियोगिता टुंग्याउन चाहन्छ । यद्दपि सानो हारले पनि नेपाललाई ट्रफी जित्नबाट भने रोक्नेछैन ।
यता सुपर सिक्समा कुनै पनि खेल नजितेको सामोआ प्रतियोगिताकै उत्कृष्ट टोली नेपालविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।



























































