काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति कार्तिक १ गते शनिबार बस्ने गरी स्थगित भएको छ ।
शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगाएतले धारणा राखेका थिए । विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक शनिबार बस्नेगरि स्थगित गरिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा नेताहरुले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् । बैठकमा जेनजी आन्दोलनपछिको परिस्थीति, संसद विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगाएतका बिषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको प्रवक्ता महतले बताए । त्यस्तै निर्वाचनको मिति तय भएपनि सरकारले त्यसको तयारी गर्न नसकेको, राजदूत फिर्ताको काम लगाएतका बिषयमा पनि धारणा आएको उनको भनाई छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति शनिबार बस्ने र त्यसपछि छठ पछि बस्ने गरि तय गरिने उनले जानकारी दिए ।



























































