काठमाडौं – विराटनगर किङ्सले नेपाल प्रिमियरलिग (एनपिएल) को दोस्रो सीजनका लागि अष्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको छ।


ADVERTISEMENT


साम हिजलेट अष्ट्रेलियाका यू–१९ टिमबाट १ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्। उनले अष्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिटर होबर्टहुरिकेंस खेलेका छन्। साम हिजलेट खेलहरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन्।उनिसंग ५० भन्दा बढी बिगब्यास माथि लीग म्याच खेलेको अनुभव रहेको छ।


ADVERTISEMENT

# # #


उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको छ । उनको अनुभव, सुझबुझ ब्याटिङशैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वासगुणस्तर थपिने अपेक्षा गरेको छ।

विराटनगर किङ्सले यसअघि स्कटल्याण्डका ब्याट ओपनर जोर्जमुन्सीलाई पनिटिममा आवृद्ध गरिसकेको छ। सन्तुलित संयोजनका साथ आगामी सीजन उपाधि जित्ने लक्ष्यसहित तयारी तिव्रग तिमा अगाडी बढिरहेको विराटनगर किंग्सले जनाएको छ ।