राहुल गुप्ता, पर्सा – पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१७ अलौ नजिक गाँजा सहित एक व्यक्ति नियन्त्रणमा लिइएको छ।


ADVERTISEMENT


प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सप्रनाउ सुरज कुमार कार्कीको कमाण्डमा रहेको पाँच सदस्यीय मोबाइल टोलीले आज बिहान करिब ८ः५० बजे नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिलाई पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


नेपालबाट भारततर्फ साईकलमा जाँदै गरेका वीरगञ्ज महानगरपालिका–२६ अठराहा निवासी ७४ वर्षीय इस्लाम अन्सारीको झोलामा तौल गर्दा १ केजी ९८५ ग्राम गाँजा फेला परेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

मोबाइल टोलीले उनलाई साईकलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सोही दिन दिउँसो २ः०० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।