काठमाडौँ – भारतको शिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टोली पराजित भएको छ। शुक्रबार साँझ शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलमा इरानसँग नेपाल ३–० ले हारेको हो ।


ADVERTISEMENT


पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा भने नेपाल सम्हालिन नसक्दा तीन गोल खान पग्यो । दोस्रो हाफमा इरानका लागि सारा दिदारले ४७औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाइन् । उनले पहिलो खेलमा भारत विरुद्ध २ गोल गरेकिर थिइन् । जाहरा घानबारीले ५३औं मिनेटमा गोल गर्दै इरानको अग्रता दोब्बर पारिन् । त्षसपछि सबनम बेहेसितले ५७औं मिनेटमा इरानको लागि तेस्रो गोल गरिन् ।


ADVERTISEMENT

# # #


नेपाली अब दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भारतसँग अक्टोबर २७ मा खेल्नेछ। फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।