काठमाडौं – कारोबार हुने साताको पहिलो दिन आइताबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।


ADVERTISEMENT


तिहारअघि सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो ।