काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले चार जना मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्न लागेको जनाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छन् ।


ADVERTISEMENT

# # #


जसमध्ये सुधा गौतमलाई सस्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री नियुक्त गर्न लागेको स्रोतले बताएको छ ।

सिफारिस भएका चारै जना मन्त्रीको आजै शपथग्रहण कार्यक्रम हुने स्रोतले जनाएको छ । उनीहरुको सपश दिउँसो २ बजे हुने बताइएको छ ।