काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपक कुमार धूत नियुक्त भएका छन् ।
दीपक कुमार धूत निर्जिवन बीमा क्षेत्रका एक कुशल व्यवसाय रणनीतिकार तथा निर्जिवन बीमाको प्राविधिक विषयमा विशेष दख्खल रहेको व्यक्ति हुन् ।
उनी ३० बर्ष देखि नेपालको निर्जिवन बीमा क्षेत्रमा कार्यरत धूत, इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको फेलो मेम्बर रहेका छन् । इन्धिरा गान्धी नेशनल ओपन युनिभर्सीटीबाट बजार व्यवस्थापन बिषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले यूएनडीपीबाट इन्क्यूलिसिभ इन्स्योरेन्स सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् ।
कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई डिसीईओ पदमा नियुक्त गरेको हो । उनको नायव प्रमुख कार्यकारी अधिकृतको भुमिकाबाट कम्पनीले आफ्नो व्यवसायिक सफलता तथा कम्पनीको लक्ष्य प्राप्तीमा थप उर्जा मिल्ने अपेक्षा गरिएको छ ।


























































