काठमाडौं — सुनको मूल्य लगातार घट्दै गएको छ। आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज ९सोमबार० पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० मा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ३५ ले घटेर अहिले प्रतितोला २ हजार ९८० मा खरिदबिक्री भइरहेको छ।


























































