काठमाडौँ – नेपाली फुटबलको दिर्घकालीन विकासका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीबीच भएको छलफलले फुटवलको दिर्घकालीन विकासका लागि अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको एन्फा महासचिव किरण राइले जानकारी दिए । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पाँच दिनभित्र फुटबलको विकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन दिएको राईले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै ए डिभिजन लिगका सन्दर्भमा समेत मन्त्री गुप्ताले चासो व्यक्त गरेका थिए । क्लवहरु तयारी भए ए डिभिजन लिग आयोजना गर्न आफूहरु तयार रहेको जानकारी गराएको महासचिव राईले जानकारी दिए । ए डिभिजन लिग सञ्चालन गर्न ३० देखि ४० करोडको खर्च हुने भएपनि मन्त्रालयबाट ४० लाख मात्रै विनियोजन गर्दा समस्या भएको उनले बताए । उनले लिगका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिवद्धता आएको बताए ।

त्यस्तै छलफलमा सहभागी ए डिभिजन क्लवका प्रतिनिधिहरुले आफुहरु खेलका लागि तयार रहेपनि एन्फाले समयमा नै प्रतियोगिता आयोजना गर्न नसकेको जनाएका थिए । अहिलेको अवस्थामा होम अवे खेल खेल्न नसक्ने उनीहरुले जनाएका थिए ।