काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरुले फरक–फरक मत राखेका छन् ।


ADVERTISEMENT


बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केही सदस्यहरुले निर्वाचन अघि नै विशेष महाधिवेशनमा जानुपर्ने र केही सदस्यहरुले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


केहि सदस्यहरुले भने निर्वाचन अघि विशेष नभइ नियमित महाधिवेशन गर्न सकिने धारणा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको उनले बताए । सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्ने र पार्टीले त्यसको तयारी गर्नुपर्ने सुझाव आएको प्रवक्ता महतले बताए ।

सवै विषयमा आएका सुझावहरुका आधारमा निष्कर्ष निकालेर छिटै बैठक सम्पन्न गरिने उनले जानकारी दिए । बिहीबार बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी लगायत बागमति र लुम्विनीका प्रदेश समापतिले धारणा राखेका थिए ।

बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले बताए ।