काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको छ ।
बिहीबार निर्वाचन आयोग पुगेर चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । पार्टीको संरक्षकमा चौधरी आफै रहेका छन् भने जेनजी युवाको प्रतिनिधित्व हुने गरि कबीर सोबलाई अध्यक्ष बनाइएको छ ।
त्यस्तै जनमत पार्टी परित्याग गरेका अब्दुल खानलाई पार्टीको बरिष्ठ उपाध्यक्ष बनाइएको चौधरीले जानकारी दिए । भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समूदायमा आधारित समाजवादको अवधारणमा नयाँ पार्टी गठन गरिएको उनले बताए । उनले जेनजीको भावना समेत समेटेर पार्टीलाई अघि बढाइने उल्लेख गरे ।
चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टीको चुनाव चिन्ह जाँतो प्रस्ताव गरेका छन् ।


























































