काठमाडौं– निरन्तर घटी रहेको सुनको आज भने बढेको छ । शुक्रबार सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।


ADVERTISEMENT

# # #


त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।