काठमाडौं– एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ ।
बैंकको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शाक्य बैंकको सीईओको रुपमा चार वर्षको लागि नियुक्त गरिएको हो । उनले अबको ३० दिन भित्र बैंकमा कार्यभार सम्हाल्नेछन् ।
बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभवी शाक्यले यसअघि ग्लोबल आइएमई बैंकमा महत्वपूर्ण व्यवस्थापन भूमिका सम्हालेका थिए।



























































