कलैया– जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ ।


ADVERTISEMENT


साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साबिक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १० वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे विवाहको तयारी भइरहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा दुवै पक्षका अभिभावक फरार प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले आज पत्रकार सम्मेलन गरी जानकारी दिए।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा बोल्दै बाराका प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीले गोप्यरुपमा विवाह गर्दै गरेको सूचना पाएपछि राती १० बजे प्रहरी पुगेर दुबै जनालाई नियन्त्रणमा लिएको बताए । ‘हामीले गाउँगाउँमा बालबिवाहविरुद्ध अभियान सञ्चालन गरेका थियौ, अभियानकै कारण हामीलाई यस्तो सूचना प्राप्त भयोु उप्रेतीले भने ‘त्यसलगत्तै प्रहरी परिचालन गरेर हामी विवाह रोक्दै बेहुलाबेहुलीलाई नियन्त्रणमा लिएका हौ ।’ प्रहरी पुगेलगत्तै विवाहस्थलमा भागभाग मच्चिएको थियो । प्रहरी पुगेपछि जन्तीसहित दुबै पक्षका अभिभावक समेत फरार भएका छन् । दुबै पक्षका अभिभावकको खोजी भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए ।

‘प्रहरी पुग्नेबित्तिकै त्यहा भागाभाग मच्चियो, हामीले बेहुलाबेहुलीबाहेक कसैलाई नियन्त्रणमा लिन सकेनौु उप्रेतीले भने ‘फरार अभिभावकको खोजी भइरहेको छ । उनीहरु पक्राउ परेपछि घटनाको बारेमा थप कुरा खुल्नेछ ।’ पक्राउ परेकी बालिकाको उमेर १० बर्ष भन्दा कम हुनसक्ने देखिएको प्रउ उप्रेतीको भनाइ छ । बयानका क्रममा बालिकाले आफ्नो उमेर ११ बर्षको बताएकी छिन् । बालिकाको शारिरीक अवस्थाबाट भने उनी १० बर्ष भन्दा कम रहेको हुनसक्ने उप्रेतीको भनाई छ ।
प्रक्राउ परेका यादवमाथी मुलुकी ऐन विवाहवारी महलको २ नम्बर कसुरमा कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ । बालिकाको उमेर १० बर्ष भन्दा कम भएमा यादवलाई ६ महिनादेखी तीन बर्षसम्म कैद र ९ हजारदेखी १० हजारसम्म जरिवाना हुनेछ । बालिकाको उमेर १० भन्दा माथी भएमा यादवलाई तीन महिनादेखी ९ महिनासम्म कैद र पाच हजारको जरिवाना हुने प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए। ‘बालिकाको वास्तविक उमेर परिवार फेला नपरेसम्म खुल्ने अवस्था छैन, त्यसैले हामीले उनीहरुको खोजीलाई प्राथमिकतामा राखेका छौु उप्रेतीले भने।

पक्राउ परेकी बालिकालाई अहिले जिल्ला प्रहरी कार्यलय बाराको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । बालिकाको हजुरआमाले उनलाई महिला सेलमै बसेर हेरचाह गरिरहेकी छिन् ।