काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ ।
नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो । यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको टेलिफोन वार्तामा म्याद थपका लागि आग्रह गरिएको प्रधानमन्त्री सुशीला कार्कीले बताइन् ।
सोही अनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको उनले बताइन् । राष्ट्रिय परिचय नम्बरको आधारमा मतदात नामावलीमा नाम संकलन गर्न पाउने भएसँगै युवा पुस्ताको संख्या बढेको उनले बताइन् ।
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको चुनावका लागि निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बन्ने प्रधानमन्त्री कार्कीले बताइन् ।
काराबारबाट भागेको कैदीका कारण चुनौती थपिएको भए पनि सरकार आगामी निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन तथा सुरक्षाको प्रत्याभुति गराउँन प्रतिबद्व रहेको उनले बताइन् । आगामी निर्वाचनले युवा पुस्ताको सहभागिताले मुलुकलाई नयाँ ढंगले अगाडी बढाउने उनले विश्वास व्यक्त गरिन्।



























































