काठमाडौं– आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा ६ हजार ९०० ले गिरावट आएको छ । आज सुनको मूल्य २ लाख ४२ हजार ८०० निर्धारण भएको छ । शुक्रबार सुन तोलामा २ लाख ४९ हजार ७०० मा किनबेच भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि १५० ले घटेको छ । आज चाँदी प्रतितोला तीन हजार १३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो ।



























































