काठमाण्डौ – एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।


ADVERTISEMENT


सो प्रयोजनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।


ADVERTISEMENT

# # #


आज सम्पन्न सम्झौतामा एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडका तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।

जारी पूँजी ३ अर्व ५० करोड रुपैयाँ रहेको यस एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ ।

थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्नेभएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी दिए ।

हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडको स्थापना २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्व रहेको कम्पनीले जनाएको छ । साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन्।

हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठहरुको उपस्थिति रहेको थियो।