काठमाडौं– कारोबार हुने साताको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ ।


ADVERTISEMENT


सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको चाँदीको मूल्य आज प्रतितोला ५५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।