काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाजुराका उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ। थापाले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको विषयमा थापासँग स्पष्टीकरण माग गरेको हो ।


ADVERTISEMENT


आयोग स्रोतका अनुसार थापालाई ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ। बाजुराको मातर्डी–कोल्टी सडक अलपत्र परेको विषयलाई लिएर थापाले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएका थिए । उनले सडक निर्माणको ठेक्का बानियाँ कन्स्ट्रक्सले पाएको र उक्त कम्पनी बानियाँको भएको भन्दै उनले मुख्यमन्त्री बानियाँलाई कार्यालयमै पुगेर समात्ने अभिव्यक्ति दिएका थिए । आफूमाथि धम्की दिएपछि मुख्यमन्त्री बानियाँले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।


ADVERTISEMENT

# # #


उनले थापाको उम्मेदवारी खारेजी माग समेत गरेका थिए । मुख्यमन्त्री बानियाँले भने उक्त सडक ठेक्काको अवधि २०८४ सम्म रहेको र हिउँ परेका बेला बाटो बनाउन गाह्रो हुने कुरा बताएका थिए । आफूले उक्त कम्पनी छाडिसकेको उनको दाबी थियो।