काठमाडौँ – भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इतिहास बनाउनबाट ४ रनले चुकेको छ । आइतबार भएको खेलमा नेपाल इंग्ल्याण्डविरुद्ध ४ रनले पराजित भएको हो ।
आइतबार भारतको मुम्बईस्थित वांखेडे स्टेडियममा टस हारेर जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन बनायो। १८५ रनको विशाल चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिउको नेपालले साहसिक प्रयासकाछ बाबजुत निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमै समेटिएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । त्यसक्रममा उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै शानदार ब्याटिङ गरेको लोकेश बमले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ३९ रन बनाए भने कप्तान रोहित पौडेलले ३४ बलमा २ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेल १७ बलमा २९ रन बनाएर आउट भए भने आरिफ शेखले १ रन जोडे ।
बलिङतर्फ इंग्ल्याण्डका लियाम डसनले सर्वाधिक २ विकेट लिए भने लुक उड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ इंग्ल्याण्डका लागि विशाल योगफल तयार पार्ने क्रममा जेकोब बेथले सर्वाधिक ५५ रन बनाए । त्यसक्रममा उनले ३५ बलमा समान ४–४ चौका र छक्का प्रहार गरे ।
यस्तै कप्तान ह्यारी ब्रुकले सर्वाधिक ३२ बलमा ५२ रन बनाउँदा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै यस्तै जोस बट्लर २६, साम करन र टोम बेन्टन समान २–२ २ रन तथा फिल साल्टलाई १ रनमा पेवेलियन फर्किए ।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए । त्यसक्रममा दीपेन्द्रले ३ ओभरमा २३ रन र नन्दनले ३ ओभरमा २५ रन खर्चिए । सन्दीप लामिछाने र शेर मल्लका नाममा समान १–१ विकेट रह्यो । सन्दीपले ४ ओभरमा २५ रन खर्चिए ।
नेपालले अब दोस्रो खेल बिहीबार इटालीविरुद्ध खेल्नेछ ।



























































