काठमाडौँ – २०औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन २ गते शनिबार हुने भएको छ ।
हरेक बर्ष फागुनको पहिलो शनिवार हुने पोखरा म्याराथन प्रतियोगीता अन्र्तगत १४ मध्ये ७ वटा बिद्या थप गरी यसवर्ष २१ बिद्यामा प्रतिष्पर्धा हुने भएको छ ।
जस अन्र्तगत खुला ४२.१९५ किमी म्याराथन , नेपाल राष्ट्र स्तरीय खुल्ला म्याराथन ४२.१९५ किमि. , गण्डकी प्रदेश स्तरीय ४२.१९५ किमि. सहित विभिन्न उमेर समुहमा प्रतियोगीता हुने आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पत्रकार सम्मेलनमा जनाएको छ ।
प्रतियोगीतामा प्रथम हुनेले रु. ४ लाख ,दोस्रो हुनेले रु.२ लाख र तृतयि हुनेले रु. १ लाख प्राप्त गर्ने छन् । २० औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा पुरुष तर्फ २१ बिदेशी सहित १ सय ५१ जना र उमेर समुह ४५ वर्ष माथी २८ जनजाको सहभागीता रहने छ ।
त्यसैगरी हाफम्याराथनमा महिला ८ विदेशी सहित १ सय ९० जना, पुरुष तर्फ ८ विदेशीसहित १ सय ८८ जना सहभागी हुने छन ।
प्रतियोगीतामा महिला र पुरुषतर्फ गरी विभिन्न बिद्यामा गरी १० हजार बढी धाबक हरुले सहभागिता जनाउने भएका छन् । म्याराथन पोखरा रंगशाला बाट शुरुभई फेवाताल किनारमा सम्पन्न हुने बताइएको छ ।



























































