काठमाडौँ– संसदको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले र माओवादी केन्द्र अब इतिहासमै सीमित हुने भएका छन् । पार्टी एकता गर्ने भन्दै वाम गठबन्धनका रुपमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा संयुक्त रुपमा गएका यी दुई पार्टी अब इतिहास भएका हुन् ।


ADVERTISEMENT


आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकिकरणको निर्णय अनुमोदन गरिसकेपछि आजै एकता हुने भएको छ । आजै एमाले र माओवादी केन्द्र पार्टीको नामबाट विघटन हुने भएका छन् भने आजै नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ ।


ADVERTISEMENT

# # #