काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफुमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थीत भएका लामिछानेले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले तारिक बुझ्न आफु बिभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफुमाथि न्याय गर्ने विश्वास व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


सवैले न्याय पाउने अदालतबाटै भएकाले कानूनी र अदालती प्रक्रियालाई आफुले सदैव सम्मान गर्ने उनले बताए ।

लामिछानेले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थीत हुनुपर्ने भएकाले आफुले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको धारणा राखे ।

सभापति लामिछानेले आफुहरु कानूनी राज्य स्थापीत गर्न हिडेकाले कानूनी प्रक्रियालाई राम्रोसंग बहन गर्ने उल्लेख गरे ।