काठमाडौँ – भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीविरुद्ध तेस्रो विकेट गुमाएको छ । भारतको मुम्बईस्थित वांखेडे क्रिकेट स्टेडियममा नेपालले टस हारेर ब्याटिङ गरिरहेको नेपालले ओपनर आशिफ शेख तेस्रोलाई विकेटका रुपमा गुमाएको हो ।
आशिफ २० बलमा २ चौकाको मदतमा २० रनमा आउट भएका हुन् । यसअघि दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनले १४ बलमा २३ रन बनाए । त्यसक्रममा उनले २ छक्का प्रहार गरे । नेपालल यो ताजा अवस्थामा ८ ओभरमा ३ विकेट गुमाएर ४९ रन बानाएको हो ।
यसअघि कुशल भुर्तेल ५ रनमा आउट भएका थिए । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी आरिफ शेखले इनिङ सम्हालिरहेका छन् ।


























































