काठमाडौँ – भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीविरुद्ध खराब ब्याटिङ गरेको छ । भारतको मुम्बईस्थित वांखेडे क्रिकेट स्टेडियममा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले इटालीलाई १२४ रनको समान्य चुनौती दिएको हो ।


ADVERTISEMENT


नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । त्यसक्रममा उनले २४ बलमा ३ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले १४ बलमा २ छक्काको मदतमा २६ तथा आशिफ शेखले २० बलमा २ चौकाको मदतमा २० रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै करण केसीले नटआउड १८ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालले ११ औँै ओभरपछाडि महत्वपूर्ण ५ विकेट गुमाउँदा ४१ बलमा एउटा पनि बाउन्ड्री लगाउन सकेन । जेले नेपालको स्कोर खुम्चिन पुग्यो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा इटालीका स्पिनरले शानदार बलिङ गरे । त्यसक्रममा क्रिसन कालुगामागेले ४ ओभरमा १८ रन मात्रै दिएर सर्वाधिक ३ विकेट लिए । यस्तै बेन मानेन्तीले ४ ओभरमा २ विकेट लिँदा ९ रन मात्रै खर्चिए ।

अलि हसन र जेजे स्मुट्सले समान १–१ विकेट हात पारे ।

खेल नेपाली समय अनुसार अपराह्न ३ः१५ बजे सुरु हुनेछ । नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । शेर मल्लको स्थानमा ललित राजवंशीलाई मौका दिइएको छ । उनले टी–२० विश्पकपमा डेब्यू गरेका हुन् । यसअघि सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा भएको टी–२० विश्वकपमा टोलीमा रहे पनि मौका पाएका थिएनन् ।