काठमाडौं – नेपाल हक्की संघले यहि फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघको बार्षिक कार्यक्रम अनुसार फागुन ४ देखि ११ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिम प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुषतर्फ मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदुर पश्चिम प्रदेश र नेपाल पुलिस क्लब सहभागी छन् भने महिलातर्फ कोशी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश टिमको सहभागीता रहने छ ।

पुरुष र महिलातर्फ शीर्ष तीन स्थान हासिल गर्ने टिमलाई क्रमशः रुपैयाँ ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई जनही रुपैयाँ ५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई रुपैयाँ २ हजार नगद पुरस्कार दिइने र प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।