काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू विमानस्थल बाहिर पुगेका छन् । उनीहरू अहिले विभिन्न नारासहित पूर्वराजा शाहको स्वागतमा बसेका छन् ।


ADVERTISEMENT


 

 

 

 

 

 

 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन् । उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् ।


ADVERTISEMENT

# # #


समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै भित्र प्रवेश गरेका हुन् । त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।