काठमाडौं – कारोबार हुने साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो। यो अघिल्लो कारोबारको तुलनामा प्रतितोला २ हजार ३ सय रुपैयाँले बढी हो। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।


ADVERTISEMENT

# # #


त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो।