काठमाडौँ– निर्वाचन क्षेत्र विकासका बारेमा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ र प्रदेश सभा सदस्य राजेश शाक्यले जनप्रतिनिधिहरु संग छलफल गरेका छन्।


ADVERTISEMENT


सोमबार स्वयम्भूमा भएको उक्त छलफल कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १३, १५,१९,२०,२३, २४ र नागार्जुन नगरपालिका वडा नं ४ र ५ का जनप्रतिनिधि बीच छलफल भएको थियो । जसमा कामपा वडा नं १३ वडा अध्यक्ष धुर्ब नारायण मानन्धर १५ का वडा अध्यक्ष इश्वरमान डंगोल, वडा नं २३का वडा अध्यक्ष मचाराजा महर्जन,वडा नं २४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ ,नागार्जुन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष करुण कुमार बलामी वडा नं ५ का वडा सदस्य शुक्र लामा सहित अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा बिकास निर्माणका बिषयमा वडामा रहेको समस्या समाधानका निम्ति प्राथमिकताको आधारमा योजनालाई अघि बढाउने बिषयमा छलफल भएको छ।

आ–आफ्नो वडामा भएका समस्याहरुलाई योजनावद्ध ढंगले समाधान गर्न पहल स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले आफ्नो आफ्नो वडामा गर्न पर्ने विकासको योजना सहित प्राथमिकताका आधारमा अघि बढ्नको लागि ठोस योजनासहित आगामी बजेटमा उक्त योजनाहरुलाई समावेश गर्न लागिएको बताए ।

प्राथमिकतामा परेको योजनाहरु सम्बन्धित निकायमा बुझाउने कार्यक्रम समेत रहेको छ ।