काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार शिशिरले २७ हजार ७१९ मत ल्याएका छन् ।
उनी प्रतिद्वन्द्वी भन्दा २१ हजार २४७ मतान्तरसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण सबुज बानियाँले ६ हजार ६४७ मत पाए । यस्तै नेकपा एमालेका अमन कुमार मास्केले ४ हजार ३७३ मत पाएर तेस्रो भए ।
शिशिर यसअघि पनि सोही क्षेत्रबाट निर्वाचन भएका थिए ।



























































